काठमाडौँ । सर्वसाधारणका लागि दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले १९ लाख ४६ हजार ६७६ कित्ता अवितरित हकप्रद शेयर विक्रीमा ल्याएको छ ।
जसमध्ये संस्थापक समूहको १२ लाख ८५ हजार ४१ कित्ता र सर्वसाधारण समूहतर्फको १ लाख ३५ हजार ९५६ कित्ता शेयर रहेको छ जुन असार ७ गतेसम्म लकइनमा रहनेछ। साथै बाँकी ४ लाख ९५ हजार ६७९ कित्ता शेयर पनि सर्वसाधारण समूहकै रहेको छ भने यो शेयर लकइनमा छैन।
शेयर खरिद गर्न चाहने इच्छुकले यही जेठ ११ गतेदेखि १९ गतेसम्म आवेदन दिन सक्नेछन्। शेयर खरिदका लागि आवेदन दिँदा घटीमा १ सय कित्ताका लागि र बढीमा सबै कित्ताका लागि आवेदन दिन सकिनेछ।








