काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको अध्यक्ष आशिष श्रेष्ठ पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले श्रेष्ठलाई आज पक्राउ गरेको हो ।

धितोपत्रसम्बन्धी ऐन, २०६३ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।