काठमाडौं । नेपालमा डिजिटलाईजेसनको सुरुवात गर्ने उद्देश्यले ल्याइएको नागरिक एपको प्रभावकारिता बढ्दै गएको छ । डिजिटल माध्यमबाट सेवा उपलब्ध गराउने यस कदमले सेवाग्राहीलाई समय, लागत र प्रक्रियागत झन्झटबाट राहत दिएको छ भने सरकारी सेवा प्रवाहलाई पनि थप पारदर्शी, प्रभावकारी र आधुनिक बनाउने दिशामा महत्त्वपूर्ण उपलब्धि मानिएको छ ।
प्रयोगकर्ताहरुले नागरिक एप अहिले एकदमै उपयोगी लाग्न थालेको प्रतिक्रियाहरु दिइरहेका छन् । एक प्रयोगकर्ता भन्छन्, ‘सवारी चालक अनुमतिपत्र छापियो कि छापिएन भन्ने कुरा पत्ता लगाउन नागरिक एपबाटै थाहा हुन्छ ।’
यस्ता छन् फाइदाहरु
आफ्नो सवारी चालक परिचयपत्र छापियो कि छापिएन भन्ने थाहा पाउन नागरिक एप खोली ड्राइभिङ्ग लाइसेन्स सेक्सनमा जाँदा तपाइँको लाइसेन्स प्रिन्ट भएर आइसकेको छ भने त्यहाँ ‘योर ड्राइभिङ्ग लाइसेन्स हेज बीन प्रिन्टेड । प्लीज कलेक्ट इट फ्रम द रिलिभेन्ट अफिस’ भनेर आउँछ । त्यसपछि आफ्नो रसिद लिएर जाँदा सजिलै लाइसेन्स प्राप्त गर्न सकिन्छ ।
यस्तै, नागरिक एपबाट स्थायी लेखा प्यान कार्ड सम्बन्धी आवेदन गरी प्यान नम्बर प्राप्त गर्न सकिने, सरकारलाई तिरेको करको विवरण हेर्न सकिने, नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रको विवरणहरु प्राप्त गर्न सकिने लगायतका सुविधाहरु लिन सकिने व्यवस्था गरिएको छ ।
यस एपबाट सरकार तथा सार्वजनिक निकायले नागरिकका गुनासो सुनुवाई गरी सम्बोधन गरिएको पनि हेर्न सकिन्छ । यसैगरी, यो एपको प्रयोगबाट फेसलेस, पेपरलेस र सार्वजनिक बिदाको दिन पनि सेवा लिन सकिन्छ ।
नागरिक एपमार्फत प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस क्लियरेन्स रिपोर्ट) डाउनलोड गर्न सकिने सुविधा पनि रहेको छ । नयाँ सेवाहरू थपिएसँगै नागरिक एपलाई ‘वन(स्टप डिजिटल सेवा प्लेटफर्म’ बनाउने सरकारको उद्देश्य अझ सशक्त हुने अपेक्षा गरिएको छ ।
२. मोबाइल नम्बर दर्ता: एप खोलेपछि आफ्नो नाममा रहेको (आफ्नै नागरिकताबाट लिइएको) मोबाइल नम्बर प्रविष्ट गर्नुहोस्।
३. OTP कोड: तपाईंको मोबाइलमा आएको ६ अंकको OTP (One Time Password) कोड प्रविष्ट गर्नुहोस्।
४. परिचयपत्र प्रमाणीकरण: नागरिकता, राहदानी (Passport), वा मतदाता परिचयपत्रमध्ये एक छनोट गरी आफ्नो विवरण प्रविष्ट गर्नुहोस्।
५. सक्रियता (Activation): सबै विवरण मिलेपछि तपाईंको अकाउन्ट सक्रिय हुनेछ र तपाईंले विभिन्न सरकारी सेवाहरू प्रयोग गर्न सक्नुहुनेछ।
- PAN दर्ता: अनलाइन प्यान नम्बर लिन सकिने।
- नागरिकता विवरण: आफ्नो नागरिकताको विवरण हेर्न मिल्ने।
- शैक्षिक प्रमाणपत्र: एसएलसी र उच्च शिक्षाका प्रमाणपत्रहरू राख्न मिल्ने।
- सवारी साधन र लाइसेन्स: सवारी दर्ता र चालक अनुमति पत्रको विवरण हेर्न मिल्ने।
- लोक सेवा आयोग: फाराम भर्न र परीक्षाको स्थिति बुझ्न मिल्ने।







