काठमाडौं । सरकारले मध्यम वर्गीय परिवार माथिको करको बोझ घटाउने घोषणा गरेको छ ।

सोमबार संसद्‌मा सरकारका नीति तथा कार्यक्रम पेश गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मध्य वर्गीय परिवार माथिको करको बोझ घटाउने घोषणा गरेका हुन् ।

सरकारले प्रदूषण कर लगायत करलाई एकीकृत गरी हरित कर बनाउने र विभिन्न देशसँग दोहोरो करमुक्ति सम्झौता गर्ने घोषणा गरेको छ ।

मन्त्रिपरिषद्ले पारित गरेको सरकारका नीति तथा कार्यक्रम राष्ट्रपतिले संसद्‌मा पेश गरिरहेका छन् ।