काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा देशका प्रमुख रेलमार्ग विकास योजनालाई निरन्तर अघि बढाउने घोषणा गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माण कार्यलाई निरन्तरता दिइने बताएका छन्।
त्यसैगरी, केरुङ–काठमाडौं र रक्सौल–काठमाडौं रेलमार्ग परियोजनाका लागि आवश्यक लगानी मोडालिटीसहितका विषयमा थप अध्ययन अघि बढाइने उल्लेख गरिएको छ।
सरकारले दीगो, आधुनिक र प्रतिस्पर्धी यातायात प्रणाली विकास गर्ने लक्ष्य पनि नीति तथा कार्यक्रममा समावेश गरेको छ।







