काठमाडौं। काठमाडौं महानगरपालिका मेयर बालेन शाहले भ्रष्टाचारीलाई तह लगाउन उजुरी आह्वान गरेका छन् । महानगरभित्रका कुनै पनि कर्मचारीले घूस मागेमा प्रमाणसहित आफूकहाँ आउन समेत आह्वान गरेका हुन् ।
मेयर शाहले त्यसका लागि आफ्नो सम्पर्क नम्बर सार्वजनिक गरेका छन् । उजुरीकर्ताले ह्वाट्सएपमार्फत ९८६३५९२०११ नम्बरमा प्रमाण सहित उजुरी दिन सक्ने उनले बताएका छन् । साथै उंले उजुरी पठाउनेको नाम गोप्य राखिने स्पष्ट समेत पारेका छन् ।
‘हामी भ्रष्टाचार भएको हेर्न सक्दैनौँ, हाम्रो अधिकार क्षेत्र काठमाडौँ महानगर पालिका कार्यालयमा कुनै नि कर्मचारीले कुनै पनि प्रकारमा पैसा मागेमा प्रमाणसहित हामीलाई सम्पर्क गर्नु होला भिडियो अडियोसहित’, शाहले सोमबार सामाजिक सञ्जालमार्फत भनेका छन् ।