काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले शाखा कार्यालय स्थापनाको लागि घर तथा फ्ल्याट भाडामा लिने भएकाे छ । बैंकले शाखा कार्यालय स्थापनाको लागि उल्लेखित स्थानमा करिब १८०० वर्ग फिट क्षेत्रफल भएको घर तथा फ्ल्याट भाडामा लिन लागेको हो ।

बैंकले कोशी प्रदेश, सुनसरी जिल्ला, धरान उपमहानगरपालिका पुतली लाइन, छटा चोक वा भानु चोकमा अवस्थित घर तथा फ्ल्याट भाडामा लिन लागेको हो ।

उक्त स्थानको घर भाडामा दिन इच्छुकले १५ दिनभित्र आवश्यक कागजातसहित विवरणहरु स्पष्ट रुपमा खुलाई बैंकको ठेगानामा पेश गर्न सक्नेछन् ।