काठमाडौँ । राहत शिक्षक र पेन्सन वञ्चित शिक्षकले आज (सोमबार) पनि आन्दोलनलाई जारी राखेका छन् ।

आज शिक्षकहरूले बानेश्वरको सडकमा सुतेर प्रदर्शन गरेका छन् । उनीहरूले संसद्‍मा प्रस्तुत भएको शिक्षा विधेयक र सरकारसँग गरिएको नेपाल शिक्षक महासंघ र सरकारबिच भएको सम्झौताको विरोधमा प्रदर्शन गरेका हुन् ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिले असोज ५ गते नेपाल शिक्षक महासंघ र सरकारबिच भएको सम्झौताले आम शिक्षक कर्मचारीको मानमर्दन भएको बताएकाे छ ।

सो सम्झौताको विरुद्ध भण्डाफोर गर्दै सम्पूर्ण राहत शिक्षकको स्थायी व्यवस्थापनका लागि आन्दोलन जारी राख्ने समितिले बताएको छ ।

पेन्सन वञ्चित शिक्षक केन्द्रीय संघर्ष समितिले सम्पूर्ण शिक्षक कर्मचारीको माग सरकारले सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।