काठमाडौँ । आन्दोलनरत ग्यास व्यवसायी र सरकारबिच १५ दिनका लागि आन्दोलन स्थगित गर्ने सहमति भएको छ ।

आज बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरकार र व्यवसायीबिच भएको छलफलपछि आन्दोलन स्थगित गर्ने सहमति भएको हो ।

छलफलमा व्यवसायीका जायज माग १५ दिनभित्र पूरा गर्ने पनि सहमति भएसँगै व्यवसायीले १५ दिनका लागि आन्दोलन स्थगित गर्न सहमत भएका हुन् ।

बैठकमा उद्योगमन्त्री, नेपाल आयल निगम सञ्चालक समितिका पदाधिकारीहरू, निगमका कर्मचारीहरू र नेपाल एलपी ग्यास उद्योग सङ्घका पदाधिकारीहरू रहेका थिए ।

ग्यास व्यवसायीहरू विभिन्न १९ बुँदे माग राख्दै बुधबारदेखि चरणबद्ध आन्दोलनमा थिए । फागुन २२ गतेदेखि ग्यास बिक्री बन्द गर्ने उनीहरुले घोषणा गरेका थिए ।