काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ठुलाे संख्यामा कर्मचारी माग गरेकाे छ । कम्पनीले ५९ वटा शाखा तथा उप-शाखा कार्यालयका लागि शाखा तथा उप-शाखा प्रमुख, हेड अफ ब्रान्च र विजनेज डेभलपमेन्ट कोर्डिनेटरका पदमा कर्मचारी माग गरेको हाे ।

सात वटै प्रदेश अन्तर्गत शाखा तथा उप-शाखाकालागि एकै पटक १२० भन्दा धेरै कर्मचारीकालागि दरखास्त आह्वान गरेको हो ।

कम्पनीले कोशी प्रदेश अन्तर्गतका विराटनगर, इटहरी, विर्तामोड, फिदिम, धनकुटा, तेह्रथुम, भोजपुर, सोलुखुम्बु र इहटीमा कर्मचारी माग गरिएको छ । मधेश प्रदेश अन्तर्गत जनकपुर, वीरगञ्ज, चन्द्रनिगाहापुर, लालबन्दी, राजविराज, सिराहा, गोलबजार, पोखरिया र वर्धहवामा कर्मचारी माग गरिएको छ ।

बागमती प्रदेश अन्तर्गत हेटौडा, नयाँ बानेश्वर, कान्तिपथ, चावहिल, कोटेश्वर, नारायणघाट, रामेछाप, चरिकोट, बट्टार, जरङ्खु, किर्तिपुर, टाडी, पेप्सिकोला, बन्धारा, चनौली, भक्तपुर र ललितपुरमा कर्मचारी आह्वान गरिएको छ । त्यस्तै गण्डकी प्रदेश प्रदेश अन्तर्गत, पोखरा, बागलुङ, लेखनाथ, दुलेगौडा, हेम्जा, भिमादमा कर्मचारी आवस्यक परेको हो ।

लुम्बिनी प्रदेश अन्तर्गत बुटवल, भैरहवा, कोहलपुर, नेपालगञ्ज, खजुरा, रामपुर पाल्पा, बंसगडढी, राजापुर रहेका छन् । कर्णाली प्रदेश अन्तर्गत विरेन्द्रनगर, दैलेख मुगु रहेका छन् भने सुदुरपश्चित प्रदेश अन्तर्गत धनगढी महेन्द्रनगर, अत्तरिया टिकापुर, अछाम, बेलौरी र दिपायलमा कर्मचारी आह्वान गरिएको छ ।

शाखा तथा उपशाखा प्रमुखका लागि न्युनतम स्नातक तह उत्तीर्ण गरि कम्तिमा पनि बीमा क्षेत्रमा २ वर्षको कार्य अनुभव हुनु पर्नेछ । त्यस्तै विजनेस डेभपलपमेन्ट कोर्डिनेटरको लागि प्लस टु वा सो सरहको शैक्षिक योग्यता हासिल गरि केहि वर्षको कार्य अनुभव हुनुपर्ने कम्पनीले जनाएको छ ।

इच्छुक आवेदकले यहि असोज ३० गतेसम्ममा अनलाइन मार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।