काठमाडाैं । आज सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुनको मूल्यमा कुनै फेरबदल नभएको हो।
योसँगै प्रतितोला छापावाला सुन १ लाख १३ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ४५० रुपैयाँ कायम भएको हो।
गत शुक्रबार प्रतितोला छापावाला सुन १ लाख १३ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ४५० रुपैयाँमा किनबेच भएको थियो।
त्यस्तै, आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार ३९० रुपैयाँ कायम भएको छ ।