काठमाडौं । “नेपाली उत्पादनको प्रवद्धन हाम्रो अभियान” भन्ने मुख्य नारा सहित असोज १० गते देखि ‘जुत्ता चप्पल व्यापार मेला २०८०’ ललितपुरको जाउलाखेल खेल मैदानमा आयोजना भैरहेको छ । कात्तिक ३ हाते सम्म चल्ने वडादशैं पर्व लक्षित मेलामा नयाँ नयाँ डिजाईनका जुत्ता चप्पल आकर्षक मुल्यमा उपलव्ध रहेका छन्।

यस्ता छन् मेलामा प्राप्त हुने अवसरहरु :

– मेला अवधि २०८० आश्विन १० गते देखि २०८० कार्तिक ३ गते सम्म सञ्चालन हुनेछ ।

– वडादशैं पर्व लक्षित मेला भएकोले नयाँ नयाँ डिजाईनका जुत्ता चप्पल आकर्षक मुल्यमा उपलव्ध हुनेछन् ।

– मेला विहान ९.०० वजे देखि वेलुकी ७.०० वजे सम्म खुल्ला रहनेछ ।

– मेलामा नेपालमा स्थापित चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र व्राण्डहरु रोयल शु इण्डष्ट्रिजको उत्पादन –रोयल शुज, वेश फुटवेयरको उत्पादन – वि.एफ डियर हिल र वि.एफ स्पोर्ट, लालिगुरास फुटवेयरको – क्रस रोड शुज, शुभकामना फुटवेयरको – फस्टवाक शुज, नमस्ते फुटवेयरको – सिल, आर.डि.कलेक्सनको – हाई लाईफ, केटिएम शुजको –केटिएम, डि.जे. शुज कम्पनीको – डि.जे. शुज, फुड फेशनको – वेली शुज, सर अनिल टे«ड लिंक्सको– उत्सव र कोसेली छाला जुत्ता उद्योगको – कोसेली सुज गरि ११ वटा कम्पनी र व्राण्डहरुको सहभागिता रहनेछ ।

– मेलामा ३ हजार भन्दा वढि मोडल र डिजाइनका जुत्ताहरु उपलव्ध हुनेछन ।

– मेलामा नेपाली र गुणस्तरीय उत्पादन रहनेछन् ।

– नयां उत्पादनहरु उक्त मेलामा लञ्च गरिने छन् ।

– मेला अवधि भर विषेश छुटको व्यवस्था गरिनेछ । न्युनतम २० प्रतिशत देखि कतिपय उत्पादनहरुमा ५० प्रतिशत सम्म छुटको व्यवस्था मिलाइनेछ ।

– मेला अवधिभरमा ३ लाख अवलोकन कर्तालाई अवलोकन गराउने लक्ष्य राखिएकोछ ।

– निःशुल्क प्रवेश ।