काठमाडौं । मिस नेपाल वर्ल्डको उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । ललितपुरको गोदावरीमा शनिबार सम्पन्न अन्तिम स्पर्धामा उनले २३ प्रतियोगीलाई पछि पार्दै उपाधि चुमेकी हुन् ।

उनलाई गत बर्षकी मिस नेपाल प्रियंकारानी जोशी ताज लगाई दिएकी छन् । त्यस्तै रैना मजगैया मिस नेपाल अर्थ र प्रसिद्वी शाह मिस नेपाल इन्टरनेशनल घोषित भए । गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा अयोजित अन्तिमस्पर्धामा २४ जनाले प्रतिस्पर्धा गरेका थिए ।