काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट आज घोषणा गर्दैछ । संवैधानिक व्यवस्था अनुसार सरकारले जेठ १५ गते आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउन लागेको हो ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार अपराह्न चार बजे संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन् । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि स्रोत अनुमान समितिले तोकेको बजेटको आकारको सीमा १६ खर्ब ८८ अर्ब रूपैयाँको हो ।