काठमाडौं । शनिबार राति पोखराको एक सुन पसलको ताला काट्दा गरेको बालक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रुपा गाउँपालिकाका १८ वर्षीय एक बालक छन् । राति करिब १२ बजेको समयमा पोखरा ९ न्युरोडमा रहेको स्याङ्जा ज्वयलर्स तथा सुनचाँदी पसलको सटरको ताला काट्दै गर्दा उनी पक्राउ परेका थिए ।
उनलाई सिभिआर चिप्लेढुंगा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो । ती बालकबाट २ थान हेक्सा ब्लेड र एक थान काटिसकेको तालासहित नियन्त्रणमा लिइएको छ ।
नाम शुरक्षित राखिएको बालकलाई चोरी उद्योग मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।







