पोखरा । पोखरामा एटिएम मेसिन फोडेर पैसा चोर्न खोज्दा एकजना पक्राउ परेका छन् । पोखरा ८ सभागृहमा रहेको नविल बैंकको एटिएम फोड्न लाग्दा भारत घर भई पोखरा बस्ने बबि ठाकुर पक्राउ परेका हुन् ।
उनी पोखरा नयाँ बजारमा सैलुन पसल चलाएर बसेका थिए ।
प्रहरीका अनुसार उनको साथबाट रड, पेचकस, कपाल काट्ने कैंची लगायत बरामद भएको छ । उनलाई नियन्त्रणमा लिएर चोरी उद्योग मुद्धामा म्याद थप गरि अनुसन्धान सुरु भएको छ ।