काठमाडौं । नेप्सेमा धितोपत्र दलाल व्यवसायीको लाइसेन्स पाएका सात ब्रोकर कम्पनीले सदस्यताको लागि निवेदन दिएका छन् । धितोपत्र बोर्डबाट ब्रोकर कम्पनीको लागि लाइसेन्स प्राप्त गरेका कम्पनीहरुले नेप्सेमा सदस्यका लागि निवेदन पेश गरेका हुन् ।

निवेदन दिने कम्पनीहरुमा क्यापिटल म्याक्स सेक्युरिटी, हिमालयन ब्रोकरेज, भोले गणेश सेक्युरिटी,सन सेक्युरिटी, मियो सेक्युरिटी, शेयरप्रो सेक्युरिटी र प्रोपर्टि विजार्ड रहेका छन् । यसअघि धितोपत्र बोर्डले आशय पत्र प्रदान गरेकामध्ये आवश्यक पूर्वाधार पूरा गरेका सात वटालाई ब्रोकर कारोबार सञ्चालन अनुमति प्रदान गरेको थियो।