काठमाडौँ । डेडिकेटेड फिडर एवम ट्रंक लाइन विवादका सम्बन्धमा आज २ बजे उद्योगी, व्यवसायीले  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्ने निधो गरेका छन् ।

त्यस्तै यता २ बजे फेरी नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलनको आयोजना गरेका छन् । नेपाल विद्युत् प्राधिकरणले ९ वटा उद्योगको लाइन काटिसकेको कारण थप उद्योगको लाइन नकाट्न र महसुल विवादमा सहजीकरण गरिदिन आग्रह गर्दै उद्योगीले प्रधानमन्त्रीसँग भेट गर्न लागेका हुन् ।

प्राधिकरणको आजको पत्रकार सम्मेलनमा डेडिकेटेड फिडर एवम ट्रंक लाइनका सम्बन्धमा उद्योगीले तिर्नुपर्ने रकमको प्रमाणसहित जानकारी दिने बताएको छ । प्राधिकरणको दाबी अनुसार विभिन्न ६१ वटा उद्योगले करिब २२ अर्ब रुपैयाँको हाराहारीमा रकम तिर्न बाँकी रहेको प्राधिकरणको दाबी छ ।