काठमाडौं। बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्ने दोस्रो कम्पनी पवन गोल्यान कार्यकारी अध्यक्ष रहेको रिलायन्स स्पिनिङ मिल्स बन्ने भएको छ । रिलायन्स स्पिनिङ मिल्स कम्पनीलाई बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति दिएको छ। यस कम्पनीले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई सेयर बोलकबोल खुला गर्नेछ ।
यसले ७ लाख ७० हजार ६४० कित्ता सेयर पहिलो चरणमा संस्थागत लगानीकर्ताका लागि बोलकबोल मार्फत बिक्री गर्न अनुमति पाएको हो । बोलकबोलमा प्रतिकित्ता ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्म बिक्री मूल्य सीमा कायम भएको छ ।
संस्थागत लगानीकर्ताले सोही सीमाभित्र रहेर बोलपत्र पेश गर्नुपर्ने हुन्छ । यसमा बिक्री प्रबन्धककको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।संस्थागत लगानीकर्ताले तिरेको मूल्यका आधारमा कट अफ प्राइस निर्धारण हुनेछ । त्यसबाट १० प्रतिशत घटाएर सर्वसाधारणका लागि आइपीओ खुला हुनेछ ।
बुक बिल्डिङ विधि भनेको के हो, यसको सेयर मूल्य कसरी निर्धारण गरिन्छ ?
योग्य संस्थागत लगानीकर्ताको मागको आधारमा प्राथमिक बजारमा निष्काशन गरिने धितोपत्रको वास्तविक एवम् न्यायोचित मूल्य निर्धारण गर्ने बिधि बुक बिल्डिङ बिधि हो । सामान्य भाषामा बुझ्दा बुक बिल्डिङ एक किसिमको लिलामी प्रक्रिया हो ।
सबै भन्दा पहिला कम्पनीले संस्थागत लगानीकर्ताहरुसँग कति कित्ता सेयर किन्ने र कति मूल्यमा किन्ने भन्ने कुराको जानकारी संकलन गर्छ ।
त्यसपछि कम्पनी र बिक्री प्रबन्धक मिलेर एउटा प्राइस रेन्ज तयार गर्दछन् । कुनै प्राइस रेन्जमा बिडिङ गराएर एउटा कट् अफ् मूल्य निर्धारण हुन्छ ।
नेपालको सन्दर्भमा योग्य संस्थागत लगानीकर्ताबाट आएको कटअफमा १० प्रतिशत कममा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउने व्यवस्था रहेको छ । यसमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनु पर्नेछ ।
बुक बिल्डिङ विधिबाट आईपीओ जारी गरेको सर्वोत्तम सिमेन्टको कस्तो छ वित्तिय अवस्था ?







