काठमाडौँ । नेपाल–भारत ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समितिको ११ औं बैठक चितवनको मेघौलीमा सम्पन्न भएको छ । ऊर्जा सचिव गोपालप्रसाद सिग्देल तथा भारतका ऊर्जा सचिव पंकज अग्रवालको सहभागितामा मेघौलीमा बैठक सम्पन्न भएको हो ।
उक्त बैठकले हाल सञ्चालनमा रहेको ढल्केबर– मुजफ्फरपुर चार सय केभी अन्तरदेशीय प्रसारण लाइनको क्षमता वृद्धि गर्ने विषयमा पनि दुई देशका उच्च अधिकारीबीच सहमति भएको छ । विसं २०७९ फागुनमा भएको नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकले सो प्रसारण लाइनबाट आठ सय मेगावाट बिजुली आयात–निर्यात गर्नसक्ने सहमति गरेका थिए ।
सो प्रसारण लाइनको क्षमता एक हजार मेगावाट बराबर बनाउने र पूर्ण रुपमा उपयोग गर्ने विषयमा दुई देशका अधिकारीबीच सहमति भएको हो । नेपाल–भारतबिचको मौजुदा विद्युत् प्रसारण लाइनहरु, निर्माणाधीन तथा प्रस्तावित अन्तर्देशीय प्रसारण लाइन, भारतीय लगानीका आयोजना तथा सम्बद्ध प्रसारण लाइन लगायतका विषयमा छलफल गरेको छ ।
यस्तै, बैठकले विभिन्न ८ वटा निर्णयसमेत गरेको छ । जसले नेपालको जलविद्युतलाई भारतीय बजार उपलब्ध गराउन चाहिने आवश्यक पूर्वाधार बनाउन सहजीकरण गर्नेछ । अरुण तेस्रो आयोजनाद्वारा निर्माण भइरहेको ढल्केबर–सीतामढी ४०० केभी प्रसारण लाइनबाट आदान–प्रदान गर्न सकिने बारे अध्ययन गर्ने निर्णय समेत भएको छ ।
विस्तृतमा हेर्नुहोस्







