काठमाडौं । आन्तरिक राजस्व विभागले आयकरको पहिलो किस्ता वापतको कर वा विवरण पुस मसान्त भित्र बुझाउन करदातालाई ताकेता गरेको छ ।

विभागले आज एक सूचना प्रकाशन गर्दै आर्थिक वर्ष २०८०-०८१ को आयकरको पहिलो किस्ता वापतको कर तथा विवरण यही महिनाको मसान्तसम्म बुझाउन ताकेता गरेको हो ।

विभागले ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, सम्बन्धित आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालयमा कर वापतको रकम दाखिला गर्न भनेको छ।

आय वर्ष २०८०-०८१ को कारोवारको अनुमानित करको विवरण र सो विवरण अनुसार तिर्नुपर्ने आयकरको प्रथम किस्ता वापतको ४० प्रतिशत रकम २०८० पुस भित्रै बुझाउन विभागले आग्रह गरेको हो ।