काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १ अर्ब ७१ करोड रुपैयाँ बिक्री आम्दानी गरेको छ। जुन गत बर्षको भन्दा १. ४० प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको बिक्री आम्दानी १ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो।

यस अवधिसम्ममा सम्ममा कम्पनीको अन्य आम्दानी घटेको र खर्च बढेका कारण खुद नाफा भने घटेको छ। समिक्षा अवधिमा कम्पनीको खुद नाफा ४१ करोड ८४ लाख रुपैयाँले ऋणात्मक हुन् पुगेको छ। जुन गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १ करोड ५४ लाख रुपैयाँ धनात्मक रहेको थियो।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा ४६.७७ प्रतिशत घटेको छ भने अन्य आम्दानी ९८.८७ प्रतिशत घटेको छ। ४ अर्ब ५६ करोड रुपैयाँ चुक्ता पूँजी रहेकोकम्पनीको दोस्रो त्रैमाससम्ममा प्रतिशेयर आम्दानी १८ रुपैयाँ ३२ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ २२५ रुपैयाँ ४५ पैसा रहेको छ। यस अवधिमा कम्पनीको जगेडा कोषमा ५ अर्ब ७३ करोड रुपैयाँ सञ्चित रहेको छ ।