काठमाडौं । नापी कार्यालय ललितपुरका सर्वेक्षक तथा मालपोत कार्यालय ललितपुरका नासुसहित पाँच जनाविरूद्ध भ्रष्टाचार विरुद्धको मुद्धा दायर भएको छ । उनीहरुलाई विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

सेवाग्राहीसँग घुस मागेको आरोप उनीरुलाई लागेको छ । जग्गाको कित्ताकाट र नामसारीको बाहनामा मुद्धा दर्ता भएका उनीहलाई दुई लाख ५० हजार घुस लिएको अवस्थामा गत फागुन ९ गते प्रकाउ गरीएको थियो ।

नापी सर्वेक्षक रामवीर यादव, मालपोत कार्यालय ललितपुरका नासु प्रदिप पौडेल, बिचौलिया विनोद अधिकारी, लेखापढी व्यवसायी आशिषराज बस्नेत तथा लेखापढीको काम गर्ने दिनेश बन्जारा विरूद्ध मुद्धा दायर भएको हो ।