काठमाडौँ । साताको पहिलो कारोबारका दिन आइतबार आज सुनचाँदीको भाउमा सामान्य  वृद्धि भएको छ । आज प्रतितोला ५ सय रुपैयाँले सुनको मूल्यमा वृद्धि भएको हो ।

शुक्रवार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज भने सामान्य बढेको छ । आइतबारका दिन छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज तेजाबी सुन तोलामा १ लाख १७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यता, चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १ हजार ५ सय ९५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य १ लाख १ हजार १२५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय रुपैयाँ रहेको जानकारी दिएको छ ।