काठमाडौं । पछिल्लो केही महिनादेखि अधिकांश बैंकहरुले कर्जा र निक्षेप दुवैको नयाँ ब्याजदर लागु गरेका छन्। या भनौ ब्याजदर घटाई रहेका छन्।
एकातिर निक्षेप बढिरहदा अर्कातिर कर्जा प्रवाहमा उल्लेख वृद्धि नभई संकुचनको अवस्था सिर्जना भएकाले नै अधिकांश वाणिज्य बैंकहरूले कर्जाको ब्याजदर घटाएका छन्। त्यस्तै, निक्षेपको ब्याजदर पनि केही मात्रामा कम भएको बैंकहरुको विवरणले देखाउँछ ।
तर नेपालको अर्थतन्त्रमा अझै पनि ‘शिथिलता’ भने कायम छ कर्जा प्रवाह उच्च रूपमा बढिहाल्ने अवस्था नभएका कारण आगामी महिनाहरूमा ब्याजदरमा थप कमी आउन सक्ने अनुमान लाउन सकिन्छ ।
त्यस्तै सरकार हेरफेरको ताजा अवस्था छ, नयाँ अर्थमन्त्रीको आगमन भएको छ,लगानी सम्मेलन मुखैमा आइपुगेको छ यो सबै सबै कारण देखिँदै गर्दा समेत बजार किन शिथिलताबाट किन चलाएमान हुन सकेको छैन । बजारले किन गति लिइरहेको छैन । आर्थिक भ्वाईसकर्मी जसिन्द्र श्रीपालीले पूर्व गभर्नर, विश्लेषक डा.दिपेन्द्र बहादुर क्षेत्रीलाई सोधेका छन् ।
तपाईको लामो प्रश्नहरूमा तीन वटा मुख्य प्रश्न छ भन्ने म ठान्दछु पहिलो सेयर बजारमा आएको उतारचढाव, दोस्रो अर्थतन्त्र चलायमान हुन नसक्नु पछाडिको कारण र अन्तिम वा तेस्रोमा लगानी सम्मेलनले अर्थतन्त्रमा कत्तिको सघाउ पुर्याउला भन्ने । म पहिलो प्रश्नबाटै प्रस्ट पार्दै जान चाहन्छु।
अहिले सेयर बजारको अवस्था एकदमै हाँसो उठ्दो छ, मलाई त यो पिङको झट्का जस्तो लागेको छ कोही मान्छेले घचेटिदिए अलि वेग लिएर मच्चिने घचेट्ने मान्छेको अभाव भएमा जाँगर नलागेझैँ मच्चिने आफ्नै गति भुल्ने । पहिलो कुरा लगानीकर्तामा धैर्यता छैन, आजै करोडपति बन्नेको दौडमा छन् लगानीकर्ता उनीहरूलाई बजारसँग मतलब छैन, मतलब छ त केबल आफ्नो सेयर बढ्यो वा घट्यो। बजारले राम्रो गति लिएको खण्डमा वा हामीले अनुशासित रूपमा बजारमा किनबेच र लगानी गर्ने धैर्यता कायम राख्ने हो भने निरन्तर रूपमा हामीलाई फाईदा मिल्छ भन्ने चेतना लगानीकर्तामा आउन सकेको छैन ।
यही कारण सेयर बजारले लामो समयदेखि गतिलो फड्को मार्न सकेको छैन। केही दिन बजार बढ्यो कि नाफा बुक गर्नेहरू हाबी भइहाल्छन् । बिक्रेताको दबदबा बढेपछि बजार पुनः तल झर्न थाल्छ । यस्तो प्रवृत्ति र प्रक्रियाले सेयर बजारले अझै पनि अपेक्षा अनुसारको बुल रन तय गर्न नसकेको देखिन्छ।
ब्याजदर घट्दै जाँदा बजार बढ्दै जाने सामान्य सिद्धान्त र मान्यतासमेत यस पटक लागू भइरहेको छैन । यसो हुनुमा केही नीतिगत अवरोधहरुलाईपनि प्रमुख कारण मान्न सकिन्छ ।
त्यस्तै सेयर लगानीमा व्यक्तिगत तथा संस्थागतरुपमा कर्जा मात्र लगानी सीमा तोकिनुले ठुला लगानीकर्ताको व्यापक प्रवेश हुन अवरोध पुगिरहेको छ। सेयर कर्जामा जोखिम भार बढी हुँदा ब्याजदर घटे पनि त्यस अनुपातमा बैंकहरुले यो शीर्षकमा सस्तो कर्जा उपलब्ध गराउन सकिरहेका छैनन् । यस कारण सेयर बजारमा उतारचढाव आएको मान्न सकिन्छ ।
दोस्रो बजार किन चलायमान हुन सकेन वा बैंकको ब्याजदर घट्दा अर्थतन्त्र किन बढेन भन्ने प्रश्न छ यसको लागी पहिले बैंकको ब्याजदर किन घटिरहेको छ भन्ने बुझ्न जरुरी छ । अहिले बैंकहरुसँग लगानीका लागि पर्याप्त पैसा छ तर कर्जा प्रवाह खासै भइरहेको छैन,” त्यसले गर्दा बैंकको कर्जाको ब्याजदर घटाइरहेका छन्। कर्जा घटाउनका लागि आधार दर कम गर्नुपर्यो त्यो भनेको फेरि निक्षेपसँग जोडिएको हुनाले निक्षेपको पनि दर घटेको हो ।
अहिले लगानीयोग्य रकम बढेकाले ब्याजदर घटेको देखिन्छ । “निक्षेप र कर्जा दुवै बढिरहेको छ तर निक्षेप बढे अनुरूप कर्जामा धेरै वृद्धि नहुँदा लगानीयोग्य रकम पर्याप्त छ। त्यसले ब्याजदर कम हुन थालेको हो मान्न सकिन्छ ।
तेस्रो वा अन्तिम रह्यो लगानी सम्मेलनको विषय । लगानी सम्मेलन यो नै पहिलो पनी होइन, नेपालीको राजनीतिमा व्यक्ति फेरिएपनी प्रवृत्ति सबैको उस्तै छ । अस्ति मात्रै तपाइहरूकै मिडियामा पढ्न पाइयो नव नियुक्त अर्थमन्त्रीले भनेछन् हाम्रो देशको मुलुकको अर्थतन्त्र केही शिथिल देखिएको भए पनि संकटको अवस्थामा भने पुगेको छैन भनेर । नेता होस् वा लगानीकर्ता तथ्य र डाटा नहेर्ने हचुवाको भरमा बोली दिने जसले संकटमा परेको अर्थतन्त्र झनै संकट चुलिन थालेको छ । चौतर्फी रूपमा आर्थिक मन्दी बढिरहेको छ । आम जनता महँगीको मारमा छन् , कुनै सरकार बन्दा वा मन्त्री फेरिदा २ रुपैयाँ मूल्य सस्तिएको रेकर्ड छैन । नेताहरू सबै अर्धज्ञानीका छन् वास्तविकता नबुझेरै बोलिदिँदा झन् समस्या निम्तिएको छ । थाहा छैन लगानी सम्मेलनको अपेक्षा के हो र कति लगानीकर्ता थपिने हुन तर लगानी गर्ने क्षेत्र त देखिनुपर्ने होला नि कहाँ हो लगानीकर्ता खोज्ने रु कहाँ हो लगानी गर्ने ठाउँ रु कति शुरक्षित छ त्यो क्षेत्र रु राज्यले जिम्मा लिन सक्छ कि सक्दैन रु लगानी सम्मेलन अगावै यी सबै विषय प्रस्ट हुन आवश्यक छ नत्र जुन जोगी आए नि कानै चिरेको हो ।







