काठमाडौं । लगानी सम्मेलनको संघारमा आईपुग्दा वरिष्ठ अर्थविद्हरुले नयाँ प्रक्षेपण गर्न थालेका छन् । विगतमा जस्तै टालटुले निती अपनाएर औपचारिकता मात्रै पूरा गर्ने हो भने लगानी सम्मेलनको कुनै औचित्य नहुने उनीहरुको भनाई छ ।
आर्थिक भ्वाईससँगको कुराकानीमा अर्थविद्हरुले आवश्यक तयारी पूरा नगरी, सो केसका लागि डिपिआर नबनाई र विदेशी लगानीको नीतिमा परिमार्जन नगरे लगानी सम्मेलन सम्पन्न भए पनि वास्तविक लगानी भित्र्याउँन भने सहज नहुने प्रतिक्रीया दिएका छन् । प्रस्तुत छ बरिष्ठ अर्थविद्हरुको धारणा
दीपेन्द्र बहादुर क्षेत्री, पूर्व गभर्नर तथा बरिष्ठ अर्थविद्
छेपाराले जाडोमा घाम तापेको जसरी लगानी सम्मेलन गर्न थालेपछि यो चाहिन्छ त्यो चाहिन्छ, यसो गर्छौ उसो गर्छौ भनेर हुँदैन । अहिले त कतिपय पोलिसीहरु धरोधर्मम कार्यन्वयन नगरी छोड्दैनौ भन्ने पनि कुराहरु आएका छन् । जहिले पनि लगानी सम्मेलन भन्ने विदेशीहरु आउँने पनि त्यही बेलामा केही सकारात्मक प्रतिक्रीया गर्ने चलन छ । त्यसको कार्यन्वयन पक्ष निकै ठूलो हो, कार्यन्वयन पक्ष फितलो देखिन्छ ।
छाती ठोकेर लगानी ल्याउँछौं भन्ने चलन छ तर छाती ठोकेर मात्रै लगानी आउँदैन । हुन त सम्बन्धित क्षेत्रले आफ्नो तयारी गरिहेको पनि भन्नुहुन्छ । हामीले हेर्दा त भृकुटी मण्डपमा जुत्ताको प्रदर्शनी जस्तै देखाउँनलाई मात्रै लगानी सम्मेलन भए जस्तो देखिन्छ । नयाँ अर्थमन्त्रीले देशको इनकम बढाउने गरी काम गर्नुपर्छ । नेपालमा सम्भावना पनि छ । सेनालाई कपडा उद्योग, फास्ट ट्याक र उद्योग उनीहरुलाई दिँदा यसले झट्ट हेर्दा सकारात्मक जस्तो देखिए पनि त्यसको प्रभाव भने ठूलो छ । अरुले पनि त त्यो काम गर्न सक्थे नि । बाह्य क्षेत्र बलियो भएर गएको छ । आयातमा रिजर्भ पर्याप्त छ, चालु खाता, व्यालेन्स अफ पे मेन्ट राम्रो छ भन्ने सतहमा देखिएका छन् । यो भोगटे मार्गका विकास हुन, बाहिर मात्र बोक्रा बाक्ला छन् तर भित्र कुनै पनि काम हुन सकेको छैन । रेमिटेन्स बढ्नु भनेको हाम्रो आन्तरिक सेवा र जनशक्ती भ्याकुम भएको अवस्था हो । यही बेलामा विदेशीले यहाँ लागानी गरौ र नाफा गरौ भन्ने कुरा आउँन सक्छ । यसमा मुख्य कुरा भनेको जनशक्ती पनि आवश्यक छ । नेपालका त बाहिर छन् । हाम्रो अर्थतन्त्र नै देखावटी किसिमको भएकाले यस्ता समस्या आएका हुन् ।
डा.डील्लीराज खनाल, बरिष्ठ अर्थविद्
सरकारले अर्थतन्त्र सुधार भएको भाष्य दिँदै आएको अवस्था छन् । यसमा कहिले सुधार भएको र कहिले समस्या छ भन्ने भाष्य सिर्जना गरिएको अवस्था छ । यस्तो अवस्थाले गर्दा निजी क्षेत्रलाई समस्या परेको छ, सरकारको खर्च गर्ने क्षमतामा कमी आएको छ । अब थप स्रोत जुटाउनु पर्ने बेला आएको छ । अहिले कि त विदेशीबाट प्रत्यक्ष लगानी ल्याउँनु पर्छ र खास खास काम गर्नुपर्छ । दीर्घकालिन योजनाले तुरुतन्तै परिणाम दिनसक्ने पृष्ठभुमीमा काम गर्न लगानी सम्मेलनको आयोजना हुन लागेको हामीले मान्न सक्छौं । यो एउटा पाटो भयो, यसमा हामीले विगतको अवस्था हेर्दा सम्मेलन हुने, कमिटमेन्ट हुने तर केही पनि लगानी नभित्रीने अवस्था विद्यमान छन् । आगामी दिनमा लगानीका लागि आएका सुझावका कुराहरु लगानी आउँने कुरा, त्यसको प्रतिफल पाइने कुरा, लगानी गर्न दिइन्छ, नाफालाई फिर्ता गर्न पनि दिइन्छ भन्ने सहजकर्ताको अनुकुलताको निर्माण गर्न आवश्यक छ । अन्य देशको तुलनामा नेपालमा नै आउँने गरी कानुनी कुरा, झन्झटपूर्ण परीपाटी रोक्ने कुरा, कमिटमेन्टलाई रोक्ने कुरा, लगानीकर्ताको मनस्थिती र यो बिचमा हाम्रा सम्बन्धित राजुतावासले निरन्तर अनुगमन गर्नुपर्छ । लगानी भित्र्याउँन, भित्रीएको अवस्थामा र भित्रीसकेपछिका पाटोमा सुक्ष्म निग्रानी गर्न खाँचो छ भन्ने मलाई लाग्छ ।
बरिष्ठ अर्थविद् डा. केशव आचार्य
लगानी सम्मेलनलाई अहिलेको समय त्यति धेरै सान्दर्भिक छैन । देशमा राजनैतिक स्थिरता छैन भने आर्थिक माहोल पनि सहि छैन । हुन त लगानी सम्मेलन एउटा अस्त्र हो तर मेरो देश लगानी योग्य छ, यो–यो कुरामा राम्रो छ भनेर देखाउँने अवसर पनि हो, लगानी सम्मेलन । हाम्रो देशमा मात्र होइन अन्य देशमा पनि यो गरिएकै हुन्छ । लगानी सम्मेलन गर्न इति वृत्तान्त हामीले सो केस गर्ने हो भन्ने सम्पूर्ण बनिबनाउँ खाँका, डिपिआर हामीसँग चाहिन्छ । अहिले त्यस्तो छैन ।
लगानीमा सामाजिक, मनोवैज्ञानिक पक्ष पनि महत्वपूर्ण हुन्छ । विगतको अनुभव हेर्दा लगानी सम्मेलनमा लगानीकर्ता आउँदा पनि सो केसमा हामी कमजोर देखिन्छौ, देखाउँनलाई केही पनि हुँदैन । जस्तो उदाहरणका लागि वि.स.२०७३ सालमा पहिलो लगानी सम्मेलन भएको थियो त्यति बेला १४ खर्ब रुपैयाँ आउँछ भन्ने प्रतिवद्धता थियो । त्यसपछि वि.स.२०७५।७६ तिर आउँदा दोस्रो लगानी सम्मेलनमा ३३ खर्ब रुपैयाँको प्रतिवद्धता आएको थियो । त्यस्तो बेलामा हाम्रो कम्पनी रजिष्ट्रारको कार्यालय, उद्योग विभाग, राष्ट्रिय योजना आयोगहरुले प्रतिवद्धता अनुसारको केही अनुगमन गरेको देखिदैन । हामीले विदेशीलाई स्वागत गर्न पर्खेका र्छौ, आउँनुस् भन्ने केही पनि अनुगमन भएन।
लगानी सम्मेलन गर्नु अगाडी सबै दलका नेताहरु, पूर्व प्रधानमन्त्रीहरु, अर्थ मन्त्रीहरु एक ठाउँमा बसेर छलफल गर्न आवश्यक छ । आ–आफ्नो अनुभव पनि साट्न आवश्यक छ । मलाई त आगामी लगानी सम्मेलनले साच्चै तात्विक फरक पार्ला जस्तो लाग्दैन । जिडीपीको रुपमा हेर्नु भयो भने वैदेशिक लगानी हाम्रोमा माल्दिभ्स, भुटान भन्दा पनि कम छ । संसारमा जिडीपीको प्रतिशतको आधारमा हेर्दा सबैभन्दा कम लगानी हाम्रै देशमा आएको छ । ऐनसेलले नै नेपालमा लगानी गर्ने वातावरण छैन भनिरहेको अवस्था छ, त्यो मुद्धाको समाधान भएको छैन । लगानीकर्ताहरुको मुलुकमा प्रवाह गर्नु पर्ने सन्देश पनि प्रवाह भएको छैन ।







