काठमाडौं। आज मंगलबार नेपाली बजारमा सुन चाँदीको भाउमा सामान्य अंकले घटेको छ । सोमबार प्रतितोला १ लाख २६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ३ सय रुपैयाँले घटेको छ।
आज छापावाला सुन १ लाख २६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता,चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ५ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।