काठमाडौँ। त्रिवि शिक्षण अस्पतालको भवनभित्र विस्फोट भएको छ । भित्री कोठाबाट विस्फोटको आवाज आएसँगै मानिसहरूको भीड जम्मा भएको छ ।
त्रिवि शिक्षण अस्पतालको सेमिनार हलको एयरकन्डिसनर ९एसी०को पाइप पड्किएको त्रिवि शिक्षण अस्पतालले जानकारी दिए । प्रहरीले भने विस्तृत जानकारी नभएको र सूचना संकलनको काम भइरहेको जनाएको छ ।
प्रत्यक्षदर्शी रहेका यमुना बुढाका अनुसार भित्र कोठाबाट चर्को आवाजमा विस्फोटको आवाज खाएसँगै आसपासमा सबै मान्छे बाहिर भागेका थिए । उपचारका क्रममा त्यहाँ पुगेको बिरामीहरू अत्तालिएपछि प्रहरीले सबैलाई शान्त हुन आग्रह गरेको छ ।







