काठमाडौं । अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडले आईपीओ बाँडफाँड गरेको छ । लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको आईपीओ बाँडफाँड गरेको हाे ।

कम्पनीको आइपीओ विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीयमा जेठ १ गतेदेखि १९ गतेसम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीमा जेठ १ गतेदेखि १६ गतेसम्म आइपीओ विक्री गरेको थियो ।

कम्पनीले जारी पूँजी २२ करोडको २ करोड २० लाख बराबरको प्रतिशेयर १ सय रपैयाँ दरका २ लाख २० हजार कित्ता आइपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि विक्री गरेको थियो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीमा भने दोस्रो चरणमा विक्री गरिने कुल कित्ता शेयरमध्ये ६५ लाख बराबरको ६५ हजार कित्ता आइपीओ विक्री गरिएको थियो । दुबै समूहका रितपूर्वक आवेदन दिने आवेदकहरूमा सम्पूर्ण कित्ता आइपीओ जेठ ३० गते बाँडफाँड गरिएको हो ।