हेटौंडा । हेटौंडामा ५४ लाख रुपैयाँ बराबरको सुनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ का २२ वर्षीय किसन साह रहेको छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज पत्रकार सम्मेलन गर्दै करिब रु ५४ लाख ४८ हजार बराबरको सुनसहित उनलाई पक्राउ गरिएको जानकारी दिएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोष्टमा हेटौँडा आउँदै गरेको प्रदेश २–०३–००१ ख ०१५९ नंको बसमा पाँच सय ६१ दशमलव ३० ग्राम सुन लुकाएर ल्याएको अवस्थामा युवकलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक गौतमले बताए ।