काठमाडौँ । पूर्व अर्थमन्त्री युवराज खतिवडाले देशको अर्थतन्त्रको वर्तमान अवस्था अप्ठ्यारोमा रहेको बताएका छन् ।
ललितपुरमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री खतिवडाले मुलुक अप्ठ्यारोमा रहेको र यो दल त्यो दल नभनी एकै ठाउँमा उभिनु पर्ने अवस्था सृजना भएको बताएका छन् ।
अर्थतन्त्रको विषयमा सरकारी अधिकारीकै बोलीका लगाम नलाग्दा झनै अवस्था विग्रिएको उनको तर्क छ । मुलुक अप्ठ्यारो अवस्थामा छ , यो दल त्यो दल नभनी एकै ठाउँमा बसौँ भन्ने भाछ खतिवडाले भने।
‘मैले अर्थमन्त्रीलाई पनि छोटो भेटमा मेरो सहयोग तपाईलाई चाहिन्छ भने म तयार छु भनेको छु। ‘उनले भने ‘ मुलुक अप्ठ्यारोमा छ भनिरहँदा खेरी सरकार पक्षकै संयन्त्रकै जिम्मेवार बनेको अवस्था देखिदैन् ।
हामी श्रीलङ्का हुने खतरा छ भनिरहँदा हामीले के भनौँ तपाईँहरू ठिकै हुनुहुन्छ राम्रै हुनुहुन्छ भन्दिएकै हो त । धेरै समस्या त छैन सङ्कट उन्मुख सम्म छ भन्दिएको हो मैले ।’ कार्यक्रममा उनले, सरकारको तर्फबाट उपभोग्य बस्तुको आयात र स्वदेशमा उत्पादित बस्तुको बजारीकरणको समस्याबारे ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।







