काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावरले आइपिओ निष्काशन गर्दै छ । हाइड्रोपावरले आगामी असार ७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्ने भएको हो ।
जारी पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड ९ लाख ८० हजार ४०० रुपैयाँ बराबरको आइपिओ प्रभावित क्षेत्रका बासिन्दाका छुट्ट्याएको छ । कम्पनीले आयोजनाबाट अति प्रभवित क्षेत्र नौमुले गाँपालिका वडा नं ३ का बासिन्दाका लागि २ लाख ५४ हजार कित्ता र सम्पुर्ण दैलेख जिल्लाबासीहरुका लागि २ लाख ५४ हजार कित्ता छुट्ट्याएको छ ।
श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि भने एक लाख ९८ हजार कित्ता छुट्ट्याएको छ । दुबै समुहका लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २५ हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ ।
आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले छिटोमा असार २१ गतेसम्म र ढिलोमा साउन ५ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि भने असार २१ गतेसम्म बिक्री खुला रहनेछ ।