काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । सोमबार बजार ०.०७ अंकले घटेर १९८० को विन्दुमा कायम हुन पुगेको छ ।
लगानी सम्मेलनको प्रभावको कारण बजारमा सुधार आएको छ । लगानीकर्तामा आत्मबल बढेसँगै बजारमा क्रमिक रुपमा सुधार आएको हो ।
शेयर बजार बढेसँगै सोमबार कारोबार रकम पनि बृद्धि भएको छ । ३२७ वटा कम्पनीहरुको ७३ लाख ४१ हजार कित्ता शेयर खरिद–बिक्री हुदाँ दुई अर्ब ५९ करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ ।
आज सबैभन्दा बढी पोखरा फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १७ करोड ५४ लाख ७ हजार रुपैया बराबरको कारोबार भएको छ ।
त्यस्तै १४ करोड ७० लाख ४१ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री कारोबार सहित नेपाल फाइनान्स दोस्रो स्थानमा रहेको छ । क्रमशः जानाकी फाइनान्सको ९ करोड ३२ लाख ९४ हजार रुपैयाँ, गुर्खाज फाइनान्सको ९ करोड ८ लाख ५ हजार रुपैयाँ कारोबार भएको छ ।