काठमाडौँ । गुल्मीको जंगलमा आगो लगाएको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रेसुंगा गाउँपालिका–७ का ३८ वर्षीय राजकुमार पन्थी क्षत्री र ४१ वर्षीय राजु जिसी छन् ।
पन्थी क्षेत्री र जिसीलाई स्थानीय सिस्न्यारा पातल सामुदायिक वनमा वैशाख ७ गते आगो लगाएको आरोपमा पक्राउ गरिए डिभिजन वन कार्यालय गुल्मीकले जनाएको छ । आरोपी दुवै जनाले वनमा आफूहरूले आगो सल्काएको स्वीकार गरेको कार्यालयको भनाइ छ।
डिभिजन वन कार्यालय गुल्मीका निमित्त वन अधिकृत पंकजकुमार ठाकुरका अनुसार उनीहरूलाई नेटा बजारबाट वैशाख १७ पक्राउ गरिएको थियो । उनीहरूलाई वन ऐन २०७६ मार्फत आगो लगाएको कसुरमा मुद्दा चलाउने तयारी गरिएको छ ।