काठमाडौँ । साताको तेस्रो कारोबारका दिन सेयर बजार दोहोरो अंककले बढेको छ। लगानी सम्मेलनको समापनसँगै शेयर बजारमा क्रमिक सुधार आउन थालेको छ ।
मङ्गलवार बजार २५.९३ अंकले बढेर २००६ को विन्दुमा कायम हुन पुगेको छ । मंगलबार ३२० कम्पनीको १ करोड १८ लाख ३८ हजार १५० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८० करोड ४४ हजार रुपैयाँको कारोबार भएको छ । कारोबार तीन महिना यता कै उच्च हो ।
सेयर बजारमा सुधार आउँदा आज सबैभन्दा बढी शाइन रेसुङ्गा बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १८ करोड १९ लाख ७६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
.त्यस्तै १६ करोड १५ लाख ८२ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री सहित गुर्खाज फाइनान्स दोस्रो स्थानमा रहेको छ । त्यस्तै उक्त दिन पोखरा फाइनान्सको १४ करोड ४८ लाख ५३ हजार रुपैयाँ, कामना सेवा विकास बैंकको १२ करोड ८९ लाख ४१ हजार रुपैयाँ कारोबार भएको छ ।








