काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबिच देउवाको निजी निवास बुढानीलकण्ठमा भेटवार्ता भएको छ ।
काँग्रेस सभापति देउवाको आग्रहमा प्रधानमन्त्री दाहाल बुढानीलकण्ठ पुगेका हुन । उक्त भेटवार्तामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समेत बोलाइएको थियो ।
केपी शर्मा उपस्थित हुन नसकेको उक्त भेटमा दाहाल र देउवाबिच वान टु वान वार्ता भएको छ। वार्ताबारे काँग्रेस सभापति देउवाले दलका नेताहरूलाई नबताएको र अहिलेको गतिरोध अन्त्य गर्ने बारेमा नै छलफल केन्द्रित भएको स्रोतको भनाई छ।
भेटमा सहकारीको रकम अपचलनसम्बन्धी उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम नै किटान गरेर जानुपर्ने अडान काँग्रेसले राखेको अडान र सहकारी प्रकरणबारे छानबिन समिति गठन गर्न र अहिलेको गतिरोध हटाउन प्रधानमन्त्री सकारात्मक देखिएको भनाई छ ।
त्यस्तै आज ९ बजे बालुवाटारमा विपक्षी दलका नेता शेरबहादुर देउवा, सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल बसेर अहिलेको गतिरोधलाई अन्त्य गर्न छलफल गर्ने तय भएको छ।







