काठमाडौँ । नेपाली काँग्रेसको विरोधका बिच पनि सरकारले आर्थिक सर्वेक्षण २०८०- ८१ संसदमा प्रस्तुत गरेको छ ।

आज सरकारले चालु आर्थिक वर्षको अर्थतन्त्रको अवस्था समेटिएको दस्ताबेज संसदमा प्रस्तुत गरेको हो । अर्थमन्त्री वर्षमान पुनले मुलुकको आर्थिक सामाजिक परिसूचकमा सुधार हुँदै गएको बताएका छन् ।

उत्पादनमूलक उद्योग र निर्माण क्षेत्रमा आएको सङ्कुचनबिच कृषि र सेवा क्षेत्रमा भएको विस्तारका कारण मुलुकको अर्थतन्त्र ३.९ प्रतिशतले विस्तार हुने अनुमान गरिएको बताएका छन् ।

चालु आवमा कुल लगानी २.८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब पुग्ने अनुमान रहेको अर्थमन्त्री पुनको भनाई रहेको छ  । साथै  प्रतिव्यक्ति आय १४५६ डलर पुग्ने उनको भनाई रहेको छ ।