काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइएमई लाइफ इन्सुरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ।

यसले सेयर धनीलाई प्रस्ताव गरेको २५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गरिएको नेप्सेको जानकारी छ । आइतबारको अन्तिम कारोबार मूल्य ५६० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो ।

समायोजन पश्चात् यसको मूल्य ४४८ रुपैयाँ कायम भएको छ। यही मूल्यलाई आधार बनाएर भोली सोमबारका दिन कारोबार खुला हुनेछ ।