काठमाडौँ। कृषि विकास बैंक लिमिटेडले आफ्ना शेयर धनीहरूलाई लाभांश रकम बुझिलिन आग्रह गरेको छ ।
बैंकले विभिन्न साधारण सभाबाट पारित लाभांश सम्बन्धित शेयर धनीको हित ग्राही खातामा उल्लेखित बैंक खातामा जम्मा हुने व्यवस्था गरेको हो । तर, केही शेयर धनीहरूले हालसम्म पनि आफ्नो हित ग्राही खातामा बैंक खाता अद्यावधिक नगराएपछि बैंंकले सूचना जारी गर्दै अद्यावधिक गराउन आग्रह गरेको छ ।
पाँच वर्षसम्म पनि लगानीकर्ताको दाबी प्रस्तुत हुन नआएमा उक्त लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने व्यवस्था रहेको छ। शेयर धनी आफूले डिम्याट खाता खोलेको सम्बन्धित निक्षेप सदस्य (डिपि) मा सम्पर्क गरी शेयर प्रमाणपत्र अभौतिकीकरण गर्न आग्रह गरिएको छ ।








