काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौँ महानगर प्रमुख बालेन शाहलाई काम गर्न दिन सरकारलाई आग्रह गरेका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद शर्माले सङ्घ सरकार स्थानीय सरकारसँग संवेदनशील हुनुपर्ने बताएका छन् । सांसद शर्माले भने–‘सङ्घ सरकार र स्थानीय तहबिचको द्वन्द्वमा सबैभन्दा बढी संवेदनशील सङ्घ सरकार हुनुपर्दछ ।
न्यूरोडमा सर्वसाधारणको सुविधाका लागि सडक पेटी बढाउन जरुरी थियो, बालेनले जे गरेका थिए त्यो ठिक गरेका थिए । बालेनलाई त्यहाँ काम गर्न दिइनुपर्छ । कुनै पनि प्रकारको हस्तक्षेप गर्ने तरिकाबाट सङ्घ सरकार फिर्ता हुनुपर्छ ।’सांसद शर्माले भने ।
एमाले अध्यक्ष केपी ओलीले महानगरसँग पौठेजोरी खेलेको भन्दै त्यो स्वभनीय नभएको शर्माको भनाई छ ।







