काठमाडौँ । रघुवीर महासेठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री महासेठले पाएका हुन् ।

प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले महासेठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका हुन्। प्रधानमन्त्री दाहाल मोदीको शपथग्रहण समारोहमा सहभागी हुन आज दिउँसो नयाँ दिल्ली प्रस्थान गरेका छन् । उनी सोमबार मात्रै नेपाल फर्किने कार्यसूची रहेको छ ।