काठमाडौँ । काठमाडौँ महानगरको शिक्षा विभागले ४ वटा सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा ताला लगाएको छ।

विभागसँग प्रमुखको सचिवालय र महानगर प्रहरी बलसहितको टोलीले सम्बन्धित विद्यालयमा पुगेर व्यवसायिक प्रयोजनमा आएका सटर तथा टहराहरूमा ताला लगाएको हो।

रामशाह पथमा रहेको पद्मोदय माध्यमिक विद्यालयले भाडामा दिएका १७ वटा सटर, बागबजारमा रहेको सहिद शुक्र मा.वि.ले भाडामा दिएका २२ वटा सटर, विजय स्मारक मा. वि.डिल्लीबजारले भाडामा लगाएका ८ वटा सटर र पदमकन्या मा. वि.डिल्लीबजारले भाडामा लगाएका १४ वटा सटरमा ताला लगाइएको हो।