काठमाडौँ । पाटन बहुमुखी क्याम्पसमा आज मङ्गलवार बिहान ११ बजे शिक्षा तथा विज्ञान प्रविधि मन्त्री मन्त्री सुमना श्रेष्ठले श्रमाधान रोजगार मेलाको उद्घाटन गरेकी छन्।
मन्त्रालयले आयोजना गरेको मेलाको संयोजनमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, होटेल एसोसिएसन नेपाल, नेपाल तालिम तथा रोजगार व्यवसायी, नेपाल घरेलु तथा साना उद्योग महासंघ छन् ।
सरकारले गएको १७ गतेदेखि सातै प्रदेशमा मेला आयोजना गरेको हो । यसअघि कोशी, मधेश, गण्डकी, लुम्बिनी र कर्णालीमा मेला भइसकेको छ । ललितपुरस्थित उक्त मेलामा ८० वटा निजी तथा सरकारी क्षेत्रका स्टल रहेका छन् ।
तस्बिरमा हेर्नुहोस्:









