काठमाडौं । घोराही सिमेन्ट इण्डस्ट्री लिमिटेडको आइपीओमा आवेदन दिन समय लम्बिएको छ । कम्पनीले प्रकाशित गरेको सूचना अनुसार कम्पनीको आइपीओमा असार १४ गतेसम्म आवेदन दिन सकिने भएको छ ।

कम्पनीको आइपीओमा इच्छुक लगानीकर्ताले १०० रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम मुल्य सहित प्रतिकित्ता ४३५ रुपैयाँका दरले न्युनतम १० कित्ता तथा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब ९७ करोड १९ लाख ६०० रुपैयाँको २० प्रतिशत अर्थात ७९ करोड ४३ लाख ८० हजार १०० रुपैयाँ बराबरका ९७ लाख ४३ हजार ८०१ कित्ता शेयर मध्ये ५ प्रतिशतले हुन आउने ३ करोड ९७ लाख ९१ हजार रुपैयाँ बराबरको अंकित मूल्य १०० रुपैयाँमा ३०० थप गरी प्रतिशेयर ४०० रुपैयाँका दरले ३ लाख ९७ हजार १९० कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गरिसकेको छ ।

यस्तै १० प्रतिशतले हुन आउने ७ करोड ५४ लाख ६६ हजार १०० रुपैयाँ बराबरको अंकित मूल्य १०० मा प्रिमियम बापत ३३५ रुपैयाँ थप गरी प्रतिशेयर ४३५ रुपैयाँका दरले ७ लाख ५४ हजार ६६१ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरिसकेको छ ।