काठमाडौँ । आज बिहीबारका दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सहित लगातार २ दिनसम्म सुनको मूल्यमा गिरावट आएको हो ।
अघिल्लो दिन प्रतितोला ७ सय रुपैयाँले घटेको सुनको मूल्य आज ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ८ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि ८ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ४० हजार १ सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ७८० रुपैयाँ कायम भएको छ।







