बुटवल । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी भुक्तानी वापतको ५ लाख ७० हजारको चेक हस्तान्तरण गरेको छ । कम्पनीले सिटिजन लाइफ इन्स्योरेन्स बुटवल शाखाबाट बीमाङ्क रकमको सिटिजन शुभारम्भ बीमा योजना बीमालेख लिएका मृतककी धर्म पत्नीलाई चेक हस्तान्तरण गरेको हो ।

इन्स्योरेन्सको बुटवल शाखाबाट १ बर्ष भन्दा पहिला ५ लाख बीमाङ्क रकमको सिटिजन शुभारम्भ बीमा योजना बीमालेख लिएका बुटवल १७ का दुर्गा बहादुर कुमालको मृत्यु भए पछि दाबी भुक्तानी बापत बीमाङ्क रकम, काजक्रीया खर्च र बोनस रकम गरि जम्मा ५ लाख ७० हजार रुपैयाँको चेक रकम मृतककी धर्म पत्नी सरस्वती कुमाललाई हस्तान्तरण गरेको हो ।

उक्त रकम कम्पनीका क्षेत्रीय शाखा प्रबन्धक दुर्गाराज ढकालले हस्तान्तरण गरेका हुन ।