काठमाडौँ। श्रीनगर एग्रिटेक इन्डस्ट्रिजले आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आइपीओ निष्कासन प्रस्तावसहित साधारण सभा डाकेको छ ।
गत साउन १८ गते बसेको सञ्चालक समितिको बैठकले प्रिमियम मूल्य वा अंकित मूल्यमा आईपीओ ल्याउने विशेष प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको हो ।
सभा आगामी भदौ ४ गते काठमाडौँको नक्सालस्थित कम्पनीको कर्पोरेट कार्यालयमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ। कम्पनीको अधिकृत पुँजी,जारी पुँजी र चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव पनि उक्त सभाले पारित गर्नेछ।







