काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले ९३६ सय कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको हो ।

कम्पनीले संस्थापक शेयरधनी ज्ञानेन्द्र प्रसाद पाण्डेको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । सो संस्थापक शेयरको न्युनतम मूल्य प्रतिकिता ७ सय रुपैयाँ निर्धारण गरेको छ ।

शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र संस्थाको केन्द्रिय कार्यालय कमलपोखरी काठमाडौंमा आवेदन दिन सक्नेछन् ।