काठमाडौँ। एनआईसी एशिया बैंकले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । सार्वजनिक नयाँ ब्याजदर अनुसार बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ।

बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.४१ प्रतिशत कायम गरेको छ। जुन साउन महिनामा ७.६३ रहेको थियो। बैंकले भदौ महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिना अवधिका लागि ५.२५ प्रतिशत २   महिनादेखि १ वर्ष अवधिका लागि ५.५० प्रतिशत,१ वर्षका लागि ६ प्रतिशत,१ वर्षदेखि २ वर्षसम्मका लागि ६.२५ प्रतिशत,२ वर्षमाथि देखि ५ वर्षसम्मका लागि ६.५० प्रतिशत ५ भन्दा माथिका लागि ७.४१ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।

भदौ महिनामा संस्थागत निक्षेपकर्तालाई अधिकतम ६.४१ प्रतिशत ब्याजदर प्रदान गरेको बैंकले साउन महिनाका लागि भने अधिकतम ६.५३ प्रतिशत प्रदान गर्ने भएको छ । बैंकले संस्थागत मुद्दती निक्षेपको ६ महिनादेखि १२ महिनासम्मका लागि ३ प्रतिशत, १ वर्षका लागि ३.५० प्रतिशत,१ वर्षदेखि ५ वर्षसम्मका लागि ३.५० प्रतिशत र ५ वर्षभन्दा माथिका लागि ६.४१ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ।