काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९/८० का लागि नयाँ बोनस दर घोषणा गरेको छ । कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति वर्ष प्रति हजारमा न्युनतम १९ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर प्रदान गर्ने निर्णय गरेको छ।

कम्पनीले सावधिक जीवन बीमा योजना(रेगुलर) (सरल, बालश्री र सानिमा बाल सौगात)अन्तर्गत ९ वर्षे अवधिका लागि ३५ रुपैयाँ,१० देखि १४ वर्षका लागि ३५ रुपैयाँ,१५ देखि १९ वर्षका लागि ४० रुपैयाँ,२० देखि २४ वर्षका लागि ४५ रुपैयाँ र २५ देखि माथिका वर्षका लागि ७० रुपैयाँ बोनस दर निर्धारण गरेको छ ।

यस्तै सावधिक जीवन बीमा योजना(एकल) अन्तर्गत ९ वर्ष अवधिका लागि ३५ रुपैयाँ,१० देखि १४ वर्षका लागि ३५ रुपैयाँ,१५ देखि १९ वर्षका लागि ३८ रुपैयाँ,२० देखि २४ वर्षका लागि ४३ रुपैयाँ, २५ देखि माथिका लागि ६५ रुपैयाँ बोनस प्रदान गरिने कम्पनीले बताएको छ ।

यसैगरी त्रिपल सावधिक बीमा अन्तर्गत १० देखि १४ वर्षका लागि २० रुपैयाँ,१५ देखि १९ वर्षका लागि २० रुपैयाँ,२० देखि २४ वर्षका लागि २५ रुपैयाँ, २५ देखि माथिका लागि ३० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ ।

दम्पत्ति सावधिक बीमा योजना अन्तर्गत १५ देखि १९ वर्षका लागि २० रुपैयाँ,२० देखि २४ वर्षका लागि २५ रुपैयाँ, २५ देखि माथिका लागि ३० रुपैयाँ बोनस प्रदान गरिने कम्पनीले जनाएको छ ।

सावधिक तथा आजीवन बीमालेख अन्तर्गत ९ वर्षे अवधिका लागि ३५ रुपैयाँ, १० देखि १४ वर्षका लागि ३५ रुपैयाँ,१५ देखि १९ वर्षका लागि ४० रुपैयाँ,२० देखि २४ वर्षका लागि ४५ रुपैयाँ र २५ देखि माथिका वर्षका लागि ७० रुपैयाँ बोनस दिने भएको छ ।

यस्तै अग्रिम भुक्तानी योजना अन्तर्गत १० देखि १४ वर्षका लागि ३२ रुपैयाँ,१५ देखि १९ वर्षका लागि ३७ रुपैयाँ र २० देखि २४ वर्षका लागि ४२ रुपैयाँ बोनस दिने जनाएको छ ।

कम्पनीले वार्षिक अग्रिम भुक्तानी योजना अन्तर्गत १५ देखि १९ वर्ष अवधिका लागि १९ रुपैयाँ र २० वर्ष २४ वर्षका लागि २१ रुपैयाँ बोनददर तोकेको छ । यस्तै मुद्दती सुरक्षण बीमा योजना–नियमति शुल्क अन्तर्गत सम्पूर्ण बीमा अवधिका लागि २४ रुपैयाँ, मुद्दती सुरक्षण बीमा योजना एकल शुल्क अन्तर्गत सम्पूर्ण बीमा अवधिका लागि ५४ रुपैयाँ, १५ वर्षे अग्रिम भुक्तानी योजना अन्तर्गत सम्पूर्ण बीमा अवधिका लागि ४१ रुपैयाँ, २० वर्षे अग्रिम भुक्तानी योजना अन्तर्गत सम्पूर्ण बीमा अवधिका लागि ४५ रुपैयाँ, रुपान्तरीत वार्षिक अग्रिम भुक्तानी अन्तर्गत सम्पूर्ण बीमा अवधिका लागि ३० रुपैयाँ, सामूहिक सावधिक अन्तर्गत सम्पूर्ण बीमा अवधिका लागि १९ रुपैयाँ, सावधिक तथा आजीवन बीमालेख अन्तर्गत ९ वर्षे अवधिका लागि ३० रुपैयाँ, १० देखि १४ वर्षे अवधिका लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४० रुपैयाँ,२० देखि २४ वर्षका लागि ४५ रुपैयाँ र २५ देखि माथिका लागि ६० रुपैयाँ बोनस निर्धारण गरिएको छ ।

सावधिक जीवन बीमालेख अन्तर्गत ९ वर्षे अवधिका लागि ३० रुपैयाँ, १० देखि १४ वर्षे अवधिका लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३५ रुपैयाँ,२० देखि २४ वर्षका लागि ४५ रुपैयाँ र २५ देखि माथिका लागि ७५ रुपैयाँ बोनस दिने कम्पनीले जनाएको छ ।

यस्तै सीमित भुक्तानी सावधिक बीमालेख अन्तर्गत १० देखि १४ वर्षे अवधिका लागि ४० रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४२ रुपैयाँ,२० देखि २४ वर्षका लागि ५२ रुपैयाँ र २५ देखि माथिका लागि ६५ रुपैयाँ बोनसको निर्धारण गरिएको छ ।

उल्लेखित बोनसदर मृत्यु दाबी, समर्पण दाबी, पूर्ण वा आंशिक,चुक्ता मूल्य दाबी, अवधि भुक्तानी दाबी र चालू बीमालेखहरुमा लागु हुने कम्पनीले बताएको छ । साथै अर्को बीमाङ्कीय मूल्याङ्कन अनुसार समितिबाट अर्को व्यवस्था गर्न स्वीकृति नभएसम्म उल्लेखित दाबीहरुमा समेत सोही बोनसदर लागु हुने कम्पनीले जनाएको छ ।